बैंकक उड्दै गर्दा ओलीको यस्तो घोषणा! भारतलाई लाग्यो ओलीको एक सन्देशले यस्तो झट्का

काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकक जानु अघि एक घोषणा गरेका छन्  । उक्त घोषणामा ओलीले अबको २० दिनभित्रै एमाले र नेकपा माओवादी केन्द्रवीच पार्टी एकता हुने स्पष्ट पारेका छन् ।

यो संदेशले वाम गठबन्धन भाड्न लागि परेको भारतलाई झट्का लागेको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि आज बुधबार थाइल्याण्डको बैंकक जानुअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

पत्रकारहरुको प्रश्नमा ओलीले भने,‘हामी अहिले जनताको व्यवस्थापन गर्नतिर लागेका छौं, नेताको व्यवस्थापनको चिन्ता नगर्नुहोस्, यति बुझ्नुहोस् पार्टी एकता हुन्छ, २० दिनभित्रै एकता हुन्छ ।’

केहीले एमाले र माओवादीको पार्टी एकता भाड्ने प्रयास गरेको भन्दै ओलीले त्यो एकता भाड्ने काम असफल हुने बताए । उनले भने, ‘म फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अवस्य अघि बढ्छ ।’

देउवालाई लक्षित गर्दै ओलीले भने, ‘अहिलेको सरकार चुनावै नभएजस्तोगरी बसिरहेको छ, पहिला राष्ट्रिय सभा अध्यादेश भनेर अड्काइयो, अहिले प्रदेशको राजधानी भनेर सत्ता तन्काउन खोजिएको छ।’

निर्वाचन आयोगप्रति पनि केन्द्रित हुँदै ओलीले आयोगलाई पनि यसरि विश्लेषण गरे । उनले भने,‘आयोग प्रलोभनमा परेको छ, ब्याल्यकमेलिङको शिकार भएको छ, अहिलेसम्म नतिजा सार्वजनिक गरेन ।’

ओलीले आफू पूर्ण स्वस्थ भएको भन्दै भने ,‘ मेरो स्वास्थ्यमा कुनै समस्या छैन । तर, किड्नी ट्रान्सप्लान्ट गरेका मान्छे भएकाले चिकित्सकहरुको सल्लाह अनुसार जान लागेको हुँ ।’ ओलीलाई विदाई गर्न एमाले नेताहरु वामदेव गौतम, ईश्वर पोरखेरल र सुवास नेम्बाङ लगायतका नेताहरु एयरपोर्टमा पुगेका थिए । अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनेछन्।

ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत गएका छन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक गएका हुन्। स्वास्थ्य परीक्षण गराई उनी माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यी सबै कुराको ओलीले खुलाशा गरेपछि यतिबेला पार्टी एकता नहोस भनेर चाहनेहरुको पनि होस उडेको छ । भारत यसमा खुलेर नै लागेको सबैलाई सर्वविधीत नै छ। त्यसैले अब जति चलखेल गर्नुछ केवल २० दिनको मात्र समय उनीहरुले पाउने भएका छन् ।

Leave Your Comment