युरोप पठाइदिने भन्दै लाखौ ठगि गर्ने ५ जनाको गिरोह पक्राउ, कतै तपाइँ पनि यिनै बाट ठगिनु त भएको छैन?

काठमाडौँ, १८ माघ । युरोपका विभिन्न मुलुक पठाइदिने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बुधबार दुई जना भारतीयसहित पाँच जना उनीहरुलाई ठमेल स्थित होटल इन्काउन्टरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गुल्मी मुसीकोट नगरपालिका–१ घर भई हाल गल्कोपाखा बस्ने ३४ वर्षीय नारायण घिमिरे, रुपन्देही कालिकानगर नगरपालिका–१३ का ३६ वर्षीय झपेन्द्र थापा मगर, अर्घखाँची छत्रदेव गाउँपालिका घरभई हाल काठमाडौँको गौरीघाट बस्ने २८ वर्षीय अर्जुन अर्याल, भारतको सहजपुर जिल्लाउत्तर प्रदेश घरभई हाल गल्कोपाखा बस्ने ३० वर्षीय संदिप सिंह र भारतको दार्जिलिङ सिलगुढी घर भई हाल गल्कोपाखा बस्ने ३७ वर्षीय रोनाल्ड गहतराज रहेका छन् ।

उनीहरुले मानिसहरुलाई भारतको नयाँ दिल्ली हुँदै क्यानडा, जापान तथा युरोपका विभिन्न मुलुकहरुमा पठाईदिने भन्दै प्रलोभनमा पारी माटो रकम असुल्ने गरेको अनुसन्धानबाट खुलेको छ । गिरोहका नाइके गुल्मी मुसीकोट नगरपालिका १ घर भई भारतको नयाँ दिल्ली बस्ने नारायण घिमिरे सहितको समुहलाई नेपाली राहदानी १९ थान, बंगलादेशी राहदानी २५ थान, भारतीय राहदानी १ थानसहित पक्राउ गरेको थियो ।

उनीहरुमध्ये भारतको दार्जिलिङ घर भई नयाँ दिल्ली बस्ने राज भनिने रोनाल्ड गहतराजले दिल्लीमा ग्लोबल ट्रेडिङ नामक कन्सल्टेन्सी संचालन गरी ठगी गरेको र नारायण घिमिरेले पुतली सडकमा निकिता ग्लोबल कन्सल्टेन्सी संचालन गरी ठगी गरेको खुल्न आएकोले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्दनगर काठमाडौँमा पठाईएको प्रहरीले बताएको छ । उनीहरुले अन्य व्यक्तिहरुलाई ठगी गरेको विषयमा समेत अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दैनिक नेपाल बाट

Leave Your Comment