शृंखलाबद्ध ब्यक्ति हत्या घटनाका मुख्य गुन्डा नाईके मनोज पुनका नागरिकता र पासपोर्ट दुईटा

 

११ फागुन,काठमाडौँ ।  शृंखलाबद्ध ब्यक्ति हत्या घटनाका मुख्य नाईके मनोज पुनका नागरिकता र पासपोर्ट दुई दुईवटा रहेको भेटिएको छ ।
बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको थियो । नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्विर देखिएपछि प्रहरीले उनले फरक नाममा नागरिकता निकालेर त्यसैका आधारमा मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाएको निष्कर्षमा पुगेको हो । कान्तिपुरमा खबर छ ।

Leave Your Comment