युवतीहरुको पनि आकर्षक देखिने अधिकार रहेको भन्दै सरकार द्वारा गरिब युवतीको निशुल्क स्तन सल्यक्रिया गर्दिने घोषणा

गरिब महिलाहरुलाई पनि आकर्षक देखिने अधिकार रहेको बताउदैं भारतको तामिलनाडु राज्यको सरकारले गरिब महिलाहरुको स्तनको आकर्षण बढाउने किसिमका प्लाष्टिक सर्जरीहरु निशुल्क गरिदिने घोषणा गरेको छ ।

शल्यक्रियाको चर्को मुल्यका कारण हजारौं महिलाहरु आफ्नो स्तनको आकारका कारण अपमानित हुनु परेको कारण उनीहरुको यो समस्यावाट पिडित नहुन् भन्नका लागि सरकारले यो योजना अघि सारेको हो । तामिलनाडु राज्यका स्वास्थ मन्त्री सि. बिजयभाष्करका अनुसार हामीले गरिब महिलाहरु हेर्दा होस् वा चिकित्सकहरुको सल्लाह अनुसार स्तनको आकार देखि अन्य कुनै किसिमको समस्या भएपनि निशुल्क उपचार गरिदिने छौं । यो उपचारमा महिलाहरुले आफ्नो स्तनसंग सम्बन्धित शल्यक्रिया देखि आकर्षक बढाउन स्तनको प्लाष्टिक सर्जरी समेत निशुल्क गर्न पाउने छन् ।

भारतका विभिन्न राज्यहरु मध्ये तामिलनाडुमा स्वास्थ सुविधा बढी रहेको छ । सरकारले ल्याएको यो नयाँ योजना प्रति आलोचना समेत भएको छ । सरकारले जनतावाट उठाएको करको सदुपयोग गर्नु पर्ने स्थानहरु धेरै भएपनि यस्तो किसिमको क्षेत्रमा सुविधा दिएको बताएका छन् । सरकारले जनताको स्वास्थ, शिक्षा र अन्य क्षेत्रमा हेर्नु पर्ने अवस्थामा सौन्दर्यको क्षेत्रमा हेरेको बताए ।

पछिल्लो तथ्यांकलाई हेर्ने हो भने अहिले भारतमा स्तनसंग सम्बन्धित शल्यक्रियाको संख्या बढी रहेको छ । सन् २०१० मा ५० हजार ६ सय महिलाहरुले स्तनका विभिन्न किसिमका शल्यक्रिया गरेकोमा सन् २०१६ मा ९० हजार महिलाहरुले गरेको तथ्यांक रहेको छ । तामिनलाडु सरकारले स्तनको शल्यक्रिया निशुल्क गर्ने घोषणा गरेको लगत्तै राजधानी चेन्नाईमा यो सेवा शुरु भैसकेको छ भने सरकारले अन्य क्षेत्रमा पनि अस्पताल खोल्ने जनाएको छ । एक अनुमान अनुसार अहिले भारतमा स्तनको कुनै पनि किसिमको शल्यक्रिया गर्दा साढे दुई लाख देखि चार लाख रुपैंया सम्म पर्ने गरेको छ । यो खर्च सामान्य परिवारका ब्यक्तिले त गर्न नसक्ने अवस्थामा गरिब महिलाहरुले त सोच्न पनि नसक्ने अवस्था रहेको छ ।

Leave Your Comment