शंकास्पद देखियो श्रीदेबिको मृत्यु, संजय कपुर भन्छन-“उहालाई कुनै रोग नै थियन’ चिकित्सक भन्छन-“दुर्लभ घटना भयो, बचाउन सकिन्थ्यो”

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको आइतबार विहान ५४ वर्षको उमेरमा दुबईमा निधन भयो। दुबईमा पारिवारिक विहे समारोहमा सहभागी हुन पुगेकी उनको निधन कार्डिएक अरेस्ट (अचानक मुटु बन्द हुनु) कारण भएको बताइएको छ।

कार्डिएक अरेस्टबाट निधन भएपछि श्रीदेवीलाई मुटुको समस्या थियो की रु भन्ने प्रश्न उब्जिएको छ। दर्शक र शुभचिन्तकबाट यस्तो प्रश्न उठेपछि श्रीदेवीका देवर सञ्जय कपुरले कुनै विरामी नरहेको प्रतिक्रिया दिएका छन्। दुबईमा खलीज टाइम्स पत्रिकासँग कुरा गर्दै सञ्जयले उहाँ (श्रीदेवी)लाई कहिले पनि मुटुसँग जोडिएको कुनै रोग थिएन’ भनेका छन्।

श्रीदेवको शवलाई दुबईबाट राति ८ बजे मुम्बई ल्याइँदैछ।

चिकित्सकका अनुसार कार्डिएक अरेस्टबाट निधन भएकी श्रीदेवीलाई बचाउन सकिन्थ्यो भन्ने तर्क गरिन्छ। उनको उमेरमै कार्डिएक अरेस्ट हुनु दुर्लभ घटना हो।

Leave Your Comment