प्रसिद्ध अभिनेत्री श्रीदेवीको हत्या भएको आशंका, श्रीदेविले छुदैन थिइन् अल्कोहल! एकएक दाउद इब्राहिम संग जोडियो घटना

काठमाडौँ: – प्रसिद्ध अभिनेत्री श्रीदेवीको मृत्युमा भारतीय राजनीतिक दल भाजपाका सांसद सुब्रहमण्यम स्वामीले सबैलाई आश्चर्यचकित पार्ने बयान दिएका छन्। स्वामीले श्रीदेवीको हत्या भएको हुन् सक्ने आशंका व्यक्त गरेका छन्। राज्यसभा सांसद स्वामीले दुर्घटनावश बाथटबमा डुबेर श्रीदेवीको मृत्यु हुनु असम्भव भनेका छन्।

स्वामीले अन्डरवर्ल्ड डन दाऊद इब्राहिमको बारेमा पनि उल्लेख गर्दै अभिनेत्रीहरूले दाउदसँग अवैधानिक सम्बन्ध राखेको विषयमा हामीले ध्यान दिनु आवश्यक रहेको पनि बताए । तथापि अहिलेसम्म दुबई प्रहरी र दुबई पब्लिक प्रोसिक्युसनको तर्फबाट यस मामिलामा षड्यन्त्र जस्ता कुनै कुराको पुष्टि गरिएको छैन। पब्लिक प्रोसिक्युसनले अहिलेसम्म यस मामिलाको अनुसन्धान गरिराखेको छ भने दुबई पुलिसले आफ्नो तर्फबाट क्लिनचिट प्रदान गरिसकेको छ।

दुबई पुलिसले बेपरवाह भई दुर्घटनावश बाथटबमा डुबेर श्रीदेवीको मृत्यु भएको भनी उल्लेख गर्दै रिपोर्ट तयार गरेका छन्। तर स्वामीले दावी गर्दै यस मामिलालाई एक ठुलो ट्विस्ट ल्याएका छन्। सुब्रमण्यन स्वामी उनै व्यक्ति हुन् जसले शशि थरूरकी पत्नी सुनन्दा पुष्करको मामिलामा पनि हत्याको आशंका गर्दै अदालतको चर्को विरोध गरेका थिए। अहिले पनि सुनन्दा पुष्करको मामिलामा अनुसन्धान भईरहेको छ। स्वामीले श्रीदेवीको मृत्युको मामिलामा धेरै प्रश्नहरु उठाएका छन्। उनले भने, “मिडियाहरुमा मृत्युको अलग-अलग कारणहरु आइरहेको छ , पब्लिक प्रोसिक्युटर अहिले सम्म पनि चुपचाप नै छ। केही मिडिया रिपोर्टले उनको शरीरमा अल्कोहल पाईएको भनेका छन् जबकि उनी अल्कोहल छुने काम समेत गर्दिन्थिन।”

गत शनिबार दुबई होटेलमा श्रीदेवीको मृत्यु भएको थियो। अहिले सम्म उनको पार्थिव शरीर भारत ल्याउन सकिएको छैन। दुबई पब्लिक प्रोसिक्युसन डिपार्टमेन्ट यस मामिलाको जाँच गरिराखेका छन्। स्थानीय मिडिया रिपोर्टमा दुबई पुलिसको माध्यमबाट प्राप्त जानकारी अनुसार श्रीदेवीको शरीरमा अल्कोहलको मात्रा पाइएको खबर प्रकाशित छ। पहिले राज्यसभा  सांसद अमर सिंह र त्यस पछि मंगलबार आज भाजपा सांसद  सुब्रमण्यन स्वामी उक्त रिपोर्टलाई अस्वीकार गरेका छन्। स्वामीले त अझ एक कदम अगाडी बढेर श्रीदेवीको हत्या भएको आशंका प्रकट गरेका छन्। एजेन्सीको सहयोगमा

Leave Your Comment