जेठी पत्नी रञ्जनासँग सम्बन्ध सुमधुर बनेसंगै उदितनारायण झा फर्किए जन्मस्थल सप्तरी भारदह, यस्तो छ नेपाल फर्किनुको उदेश्य

चर्चित गायक उदितनारायण झा करिब दुई दशकपछि जन्मस्थल सप्तरीको भारदह आएका छन् ।

झासँगै जेठीपत्नी रञ्जना झा पनि आएकी छिन् । झा करिब एक साता सप्तरी बस्ने परिवारिक श्रोतले जनाएको छ ।

झा गायन पेशामा लागेर लामो समयदेखि भारतमा बस्दै आए पनि उनका दाजुभाइ भारदहमै बसिरहेका छन् ।

बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरेलगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध चिसिएको थियो । हाले दुवैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी एक सातासम्म बस्ने र साथीभाईसँग भेटघाट गर्ने बताइएकाे छ । पारिवारिक स्राेतले घरसमेत बनाउने उद्देश्यसहित उनी अाएकाे जानकारी दिएकाे छ । झाले गाउँ आउनेबित्तिकै पहिला भारदहस्थित कंकालनी मन्दिरमा पूजा गरे ।

यसअघि झा आफ्नो मामाघर भारत बिहारको सुपौलमा केही दिन आएर बसेका थिए । उनी नितान्त भेटघाँटका लागि कार्यक्षेत्र छोडर केहि दिनका आएका हुन् ।

Leave Your Comment