अन्ततः रोकियो सलमानको नेपाल भ्रमण, सलमानले न-आउने भनेपछि आयोजकले गरे कार्यक्रम स्थगित भएको घोषणा

काठमाडौं । बलिउड अभिनेता सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।

खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । उक्त कार्यक्रममा बलिउड अभिनेत्री सानोक्षी सिन्हालगायत कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

नेकपा विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको जनाएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघले कार्यक्रम रोक्न चेतावनी दिएपछि मदिराको प्रवद्र्धनका लागि नेपाल आउन लागेका वलिउडस्टार सलमान खानलाई ठूलो दबाब परेको थियो ।

 

भारतीय सञ्चार माध्यमहरुले पनि सलमान खानलाई नेपाल नजान दवाव दिएका थिय । भारतका चर्चित मिडियाहरु हिन्दुस्तान टाइम्स, बम्बे टाइम्स, स्टार अफ वलिउड र न्युज वल्र्ड इण्डिया लगायतले खानलाई नेपाल नजान भन्दै समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका थिय । विप्लव नेतृत्वको नेकपाले खानको फागुन २६ गते हुने दवङ टुर नेपाल कन्सर्ट रोक्न चेतावनी दिएको भन्दै ती मिडियाले सलमानलाई नेपालमा नजान भनेका हुन् । मंगलबार मात्रै नेकपाको सांस्कृतिक मोर्चा संगठन जनसांस्कृतिक महासंघले विज्ञप्ति प्रकाशित गरी कन्सर्ट नरोकिए भयानक परिणाम आउने चेतावनी दिएपछि भारतीय मिडियाले पनि सुरक्षाको कारण देखाउँदै खानलाई नेपाल नजान भनेका थिय ।

Leave Your Comment