नेपाली नयाँबर्ष २०७५ को अवसर पारेर एनआरएन इजरायलको मुख्य आयोजनामा नेपाल आइडलका टिमले इजरायलवासी नेपालीलाई नचाउने

इजरायल | गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुख्य आयोजनामा इजरायलमा नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ आयोजना हुने भएको छ ।

परिषदले यहि अप्रिल १३ शुक्रबार नेपाली नयां वर्षमा आयोजना गर्ने विशेष कार्यक्रममा नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाललाई इजरायल ल्याउने अन्तिम तयारीमा जुटेको आयोजक संघका महासचिव तेन्जिङ शेर्पाले जानकारी दिएका छन् ।

इजरायलमा रहेका नेपालीहरुका लागी पर्ने आपतकालीन आस्थामा प्रयोगार्थ कोष वृद्धिका लागी उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ । शेर्पाका अनुसार कार्यक्रमलाई सफल बनाउन इजरायलमा रहेका सबै सामाजिक संस्था, पत्रकार लगायत इजरायलमा बस्ने नेपालीहरुलाई सहयोगका लागि अपिल गरेका छन् ।

कार्यक्रमलाई भब्यरुपमा प्रचारप्रसार गर्दै सफल बनाउन आयोजकले कार्यक्रमको पहिलो पोस्टर बाहिर ल्याएको छ ।

Leave Your Comment