मन्त्री लालबाबुको अर्को उदाहरणीय कदम ‘सडकमा कुकुर डोहोर्याउदै दिसा पिसाव गराउने र गाई पालेर दुध आफु खाने गाईलाई सडकमा छोड्नेहरुको मान्छे सहितको फोटो छाप्नुस म कारबाही गरेर छोड्छु’

काठमाडौं । मन्त्री लालबाबु पण्डीतले शहरमा जथाभावि फोहोर गर्नेहरुको फोटो छानिछानि छाप्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

 

‘सडकमा कुकुर डोहोर्याउदै लग्ने र दिसा पिसाव गराउने, गाई पालेर दुध आफु खाने गाईलाई सडकमा छोड्नेहरुको मान्छे सहितको फोटो छाप्नुस’ मंगलबार राजधानीमा आयोजित रौतहट टाईम्स साप्ताहिकको कार्यक्रमा पण्डीतले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालेका पण्डीत मन्त्रालय टुक्रिएपछि अहिले अलमलमा छन् ।

एक बर्षभित्र काठमाडौं लगायतका शहरको वातावरणमा उल्लेख्य सुधार गरेर मास्क लगाउनु नपर्ने अवस्था सृजना गर्ने बताएका पण्डीतले अहिलेकै कानुनलाई कार्यान्वयन गरेर नियम मिच्नेलाई नछोड्ने अडान दोहोर्याए ।

Leave Your Comment