सुशासन तर्फ लम्किदै देश! ताहाचलस्थित श्रम कार्यालय परिसरबाट  ५० जना बिचौलिया(दलाल) पक्राउ

बैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित श्रम कार्यालय परिसरबाट  ५० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

श्रम नबिकरण गरी विदेशिने युवाहरुसँग चर्को शुल्क असुल्ने गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले सेतोपाटीलाई बताए।

प्रहरीनै ग्राहक बनेर बिचौलिया समातेको पोखरेलले जानकारी दिए।

बीमा र कल्याणकारी कोषका लागि लाग्ने शुल्कका अतिरिक्त अनलाइन भरेको शुल्कबापत भन्दै सात सय रुपयाँदेखि माथि लिने गरेका छन्। सोल्टीमोडको चोक देखिनै बिचौलिया सक्रिय हुन्छन् । म्यादी जीवन बीमाका लागि कार्यालय सञ्चालन गरिएका बीमा कम्पनीहरुका प्रत्येक शटरमा बिचौलियाले अड्डा जमाइरहेका हुन्छन् । पहिलो पटक बिदेशिने युवाहरुको सम्बन्धित म्यानपावरले श्रमको कार्य सकिदिएको हुन्छ । तर, बिदामा आएर फर्कने क्रममा रहेका कामदारहरुको श्रम नविकरणको समयमा दलाल मार्फत ठगिने गरेका छन् ।

श्रममा लागि बिगतमा जस्तै लामो लाइनबस्नु नपरे पनि युवाहरुले बिना शीर्षकमा बिचौलियालाई रकम बुझाउन बाध्य छन् ।

श्रम विभागले अनलाईन प्रणालीको विकास तथा शुरुवात गरेपनि कामदारहरुलाई श्रम नबिकरणका लागि आवश्यक जानकारी गराउन यथेष्ट प्रयास नगरेकोले कामदारहरु बिचौलियासँग ठगिएका छन् ।

Leave Your Comment