जेलमै बेहोस भएपछी अस्पताल पुर्याइएका रेशम चौधरी बारे रहस्यमय खुलासा! अस्पतालले समेत यसकारण राख्न मानेन चौधरीलाई

धनगढी, फागुन २५ – कारागारमा नै ६ दिनदेखि अनसनरत टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीको स्वास्थ्य अवस्था बिग्रिएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि चौधरीलाई शुक्रवार दिउँसो सेती अञ्चल अस्पताल उपचारका लागि लगिएको छ ।

 

टिकापुर घटनाको मुद्धा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाण पत्र दिनुपर्ने र प्रतिनिधिसभा सदस्यको शपथ खान पाउनुपर्ने लगायतका माग राखी अनसन बसेका चौधरीको स्वास्थ्य अवस्था बिग्रीएपछि शुक्रवार अस्पताल लगिएको हो । एक्कासी बेहोस भएपछि अस्पताल लगिएका चौधरीको सेती अञ्चल अस्पतालमा चिकित्सकहरुले चेकजाँच गरेका थिए ।

आफूहरुले लेखेको औषधि चौधरीले खान नमानेको अस्पतालले जनाएको छ । ओषधि खान नमाने पछि चौधरीलाई कारागार नै फर्काइएको छ । ६ दिनदेखि कैलाली कारागारमा टिकापुर घटनाको आरोपमा पक्राउ परेका २४ जना अनसरन बसिरहेका छन ।-उन्यालाे अनलाइन

Leave Your Comment