Watch Live: अफगानिस्तान बिरुद्द खेलिरहेको नेपाली टिममा आज व्यापक परिवर्तन, हेर्नुहोस यो रोमान्चक खेल लाइभ

काठमाडौं, फागुन २६ – विश्वकप छनोट अन्र्तगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ ।

नेपालले अफगानिस्तान सँगको खेलमा दुईवटा परिबर्तन गरेको छ । ओपनर दिलिप नाथको स्थानमा अनिल साहले ओपनिङ गर्नेछन । त्यस्तै अलराउण्डर शरद भेसावकर आज प्लेइङ ११ मा परेका छैनन् ।

उनको ठाउँमा तिब्र गतिका बलर करण केसीले टिममा स्थान बनाएका छन् । शरद माङ्शपेसीको चोटका कारण आजको खेल खेल्न नसकेका हुन । नेपालको तर्फबाट आज विकेट किपरको भूमिका अनिल साहले निर्वाह गर्नेछन ।

नेपालकाे प्लेइङ ११

ज्ञानेन्द्र मल्ल, अनिल साह, (विकेट किपर), पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी ।

Leave Your Comment