भारतले असोज देखि नेपालमा रेल चलाउने, चीनको रेल कहिलेदेखि? यस्तो छ ओली सरकार र चीनबीच सहमति!

कनेक्टिभिटीका लागि रेल सबैभन्दा उत्तम मानिन्छ । तर, नेपाली जनताले रेलकाे उपभाेग गर्न पाएका छैनन् ।

तर, अब चिन्ता गरिरहनु पर्ने दिन जाँदैछ । किन भने अागामी असाेजदेखि नेपालीहरूकाे रेल सपना  साकार हुँदैछ ।

चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ।

न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको खबर अाजकाे अन्नपूर्ण पाेष्टमा छापिएकाे छ ।

नेपाली शासनमा पुगेकाहरूले विकासप्रति ध्यान नदिँदा रेल गुडाउन  ढिलार्इ भएकाे हाे । तर अब दिन फेरिएकाे शासक फेरिएका छन् ।

गत निर्वाचनबाट जनताले स्थायी सरकारका लागि वाम पन्थी दललार्इ बहुमत दिएका छन् । यसकाे अर्थ अागामी पाँच वर्ष ढुक्कले सरकार चल्नेछ । र, सरकारकाे नेतृत्व विकास प्रेमी केपी शर्मा अाेलीले गरिरहेका छन् ।

पाँच वर्षभित्र मुलुकमा केही न केही परिवर्तन गर्ने अठाेट लिएका अाेलीले अब उत्तरी छिमेकी चीनसँगकाे रेल सम्झाैतालार्इ कार्यान्वयन चरणमा लैजाने बताइसकेका छन् ।

चीनसँगकाे सम्झाैता कार्यान्वयन हुँदा रेलमार्गले राजधानीदेखिकाे ठूलाे भूगाेललार्इ सहजै जाेड्नेछ ।

रेल चढेरै लुम्बिनी पुगिने र तिब्बतकाे भूभागसम्म जान सकिने अवस्था बन्दैछ ।

Leave Your Comment