प्रधानमन्त्री ओलीको भ्रष्ट्राचारमुक्त नेपाल बनाउने अभियानमा साथदिदै अर्थमन्त्री खतिवडाको एकपछि अर्को ‘एक्सन’, राजश्व चुहावटमा संलग्नलाई कडा कारबाही गर्ने दिए चेतावनी

फागुन २७, काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावटमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

अर्थ मन्त्रालयमा आइतवार सुरक्षा निकाय र राजश्व अन्तर्गतका कर्मचारीहरूसँगको बैठकमा अर्थमन्त्री खतिवडाले राजश्व चुहावट नियन्त्रण हुन नसकेको भन्दै राजश्व चुहावटमा संलग्नलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए

कर्मचारी र सुरक्षा निकायबीचको आवश्यक समन्वय नहुँदा राजश्व चुहावट नियन्त्रण प्रभावकारी नभएको गुनासो आइरहेका बेला अर्थमन्त्री डा. खतिवडाले सरोकारवाला निकायलाई डाकेर निर्देशन दिएका हुन् ।

उनले राजश्व चुहावट नियन्त्रणमा एकजुट भएर लाग्न सुरक्षा निकाय र कर्मचारीलाई निर्देशन दिएका हुन् । त्यसका लागि चूस्त अनुगमनको खाँचो देखिएको उनले बताए ।

त्यस्तै, अर्थमन्त्री डा. खतिवडाले सीमावर्ती क्षेत्रमा अन्तरदेशीय निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गैरकानूनी वित्तीय लगानी निरुत्साहित गर्नसमेत नयाँ पहल कदमी चाल्नु आवश्यक देखिएको उनको भनाइ थियो ।

उक्त बैठकमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका प्रमुख, गृह र अर्थ मन्त्रालयका सचिवहरू लगायतको सहभागीता थियो ।

Leave Your Comment