Live Now: हंगकंग बिरुद्द निर्णायक खेल खेलिरहेको नेपाललाई चौथो सफलता, रोमान्चक बन्यो हंगकंग र नेपालबीच को आजको खेल[हेर्नुहोस लाइभ]

काठमाडौं, फागुन २८ – विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङसँगको खेलमा टस हारेर फिल्डिङ गरेको नेपालका लागि चौथो सफलता मिलेको छ  । चौथो विकेटका रुपमा हंगकंग का सहिद वासिफ लाइ सन्दीपले आउट गरेका हुन् ।

 

त्यसैगरी हङकङका अंशुमन रथलाई पनि सन्दीपको बलमा विकेट किपर अनिल साहले स्ट्याम्प आउट गरेका थिय ।

यसअघि सोमपाल कामीले हङकङको महत्वपूर्ण विकेटको रुपमा हङकङका बाबर हायतलाई आउट गराएका थिए । १६ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका उनलाई सोमपाले आउट गरेका हुन्।

यसअघि बसन्त रेग्मिले हङकङको पहिलो विकेट लिएका थिए । हङकङका ओननिङ ब्याट्सम्यान सी कार्टरलाई उनले ९ रनमा आउट गरेका थिए ।

Leave Your Comment