बंगलादेशी विमान दुर्घटनामा परेकाहरुको उद्धारको निरीक्षण गर्न प्रधानमन्त्री ओली र गृहमन्त्री थापा दुर्घटनास्थलमा

काठमाडौं, फागुन २८ – बंगलादेशी विमान दुर्घटनामा परेकाहरुको उद्धारको निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नु भएको छ ।

आज दिउँसो बंगलादेशबाट आएको युएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।

उहाँले उद्धार कार्यलाई तिव्रता दिन नेपाल नागरिक उड्यन प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिनुभयो ।

यसअघि गृहमन्त्री रामबहादुर थापा बादल पनि दुर्घटनास्थलमा पुग्नु भएको थियो  । दुर्घटनामा परेको विमानमा ३३ नेपालीसहित ७१ जना सवार थिए ।

Leave Your Comment