Live Now: हङकङसँगको खेलमा टस हारेर फिल्डिङ गरेको नेपालले पायो १ सय ५५ रनको लक्ष्य[हेर्नुहोस लाइभ]

काठमाडौं, फागुन २८ – विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङसँगको खेलमा टस हारेर फिल्डिङ गरेको नेपालले १ सय ५५ रनको लक्ष्य पाएको छ ।

हङकङले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । हङकङका लागि निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने एहसान खानले २५ र बाबर हायतले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदशन गर्न सकेनन् ।

नेपालका सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २/२ ,सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

Leave Your Comment