बंगलादेशी विमान दुर्घटनामा रहेका नेपाली यात्रुहरुको नामावाली सार्वजनिक[ नाम सुची सहित]

काठमाडौं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको छ ।

घाइतेमध्ये २ जना उपचारपछि घर फर्केको जानकारीमा आएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विमानमा ३३ नेपालीसहित ७१ जना सवार थिए ।

नर्भिक अस्पतालका अनुसार घाइतेहरू बसन्त बोहरा, सोनाम शाक्य, आशिष रन्जित र विनोदराज पौडेलको मृत्यु भएको हो।

अन्य घाइतेको उपचार भइरहेको छ। शिक्षण अस्पतालमा १२ जनाको उपचार भइरहेको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिएका छन्। त्यस्तै सिनामंगलस्थित केएमसी अस्पतालमा पुर्‍याइएका २५ जना घाइतेमध्ये ८ जनाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

काठमाडाैंस्थित त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा साेमबार दुर्घटना भएकाे युएस बंगलामा सवार नेपाली यात्रुहरुको नाम प्राप्त भएकाे छ।

सो जहाजमा सवार नामहरु निम्न बमोजिम छन् :

बालकृष्ण थापा
ज्ञानुकुमारी गुरुङ
प्रशन्न पाण्डे
अवदेशकुमार यादव
श्रिया झा
सञ्जय महर्जन
सन्जय पौडेल
अन्जली श्रेष्ठ
निगा महर्जन
कृष्णकुमार साहनी
प्रिन्सी धामी
आस्ना शाक्य
चारु बराल
अल्गिना बराल
सरुना श्रेष्ठ
समिरा व्यञ्जनकार
सोविन्द्रसिंह बोहरा
माली महर्जन
श्वेता थापा
पुर्णिमा लोहनी
विनोद राज पौडेल
केशब पाण्डेय
सनम शाक्य
हरीप्रसाद सुबेदी
दयाराम ताम्राकार
हरिशंकर पौडेल

Leave Your Comment