Breaking News: खुल्यो बिमान दुर्घटनाको रहस्य, चालकले विमानस्थलको निर्देशन अटेरी गर्दा बंगलादेशी बिमान दुर्घटना भएको पुष्टि

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरकतिरबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार उक्ता विमानका पाइलटले अटेरी गर्दा उक्ता दुर्घटना भएको हो ।

विमान दुर्घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एअर ट्राफिक कन्ट्रोलरले दक्षिण तर्फदेखि अवतरण गर्न पटकपटक निर्देशन दिएका थिए । तर, पाइलटले मानेनन । उत्तरदेखि अवतरण गर्न अनुमति मागे । विमान उत्तर पूर्वतिर गयो । फेरि एअर ट्राफिक कन्ट्रोलरले चालकलाई तपाइको एलान्मेन्ट मिलेन भनेर जानकारी गराए । विमान आर्मी ह्याङगरतिर गएर ठोक्कियो ।’

Leave Your Comment