राष्ट्रियसभा अध्यक्षमा एमाले सांसद गणेशप्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित

काठमाडौं, फागुन २८

राष्ट्रियसभा अध्यक्षमा एमाले सांसद गणेशप्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । एमाले पोलिटब्युरो सदस्य समेत  रहेका सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि उनी निर्बिरोध निर्वाचित भएका हुन ।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल रहेका छन् । यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबारको राष्ट्रियसभा बैठकले गर्नेछ ।

राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताए । ‘सवैलाई समेटेर साझा थलेको रुपमा राष्ट्रियसभालाई अघि बढाउँछु, पक्ष,प्रतिपक्षको अवस्था आउन नदिने प्रयाश गर्नेछु,’ तिमिस्लिनाले भने ।

Leave Your Comment

Related Post