अन्तत: नेपालले निकाल्यो पहिलो जित, यो जितसंगै नेपालले वन डे मान्यताको लागि पायो पपुवान्युगिनी प्रतिस्पर्धी

काठमाडौं, फागुन २८ – विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले हङकङलाई पाँच विकेटले जितेको छ । १ सय ५४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाए ।

यसअघि नेपालका अनिल साहले २६, ज्ञानेन्द्र मल्ले १२, पारस खडका ११, दिपेन्द्रसिंह एैरी १२ र आरिफ सेखले २ रन बनाएका थिए ।
यो जित संगै नेपाल समुहको चौथो  स्थानमा  उक्लेको छ भने नेपालले वन डे मान्यता पाउन अब एक खेल मात्र खेल्नु पर्ने भएको छ । नेपालले आउदो १५ मार्चमा पपुवान्युगिनी संग खेल्नेछ ।

Leave Your Comment