ओली सरकारको हस्तक्षेप र अतिक्रमण नसहने नीतिका आगाडी घुँडा टेक्न बाध्य बन्यो भारत! यसरी झुक्न बाध्य पार्यो ओली सरकारले भारतलाई

पहिलाेपटक केपी शर्मा अाेली प्रधानमन्त्री हुँदा नाकाबन्दी लगाएर घुँडा टेकाउन खाेज्दा असफल भएकाे भारत यसपटक अाफैँ पराजित भएर पछाडि हटेकाे छ ।

दुर्इतिहाइ बहुमतसहित दाेस्राेपटक  सरकारकाे नेतृत्व गरिरहेका अाेली सरकारले राष्ट्रियतामाथि हुने कुनै पनि प्रहारकाे डटेर सामना गर्छ भन्ने स्पष्ट भइसकेकाे छ । किनभने यसपटक पनि अाेली सरकारले भारतलार्इ महाकाली नदीमा भारतले अनधिकृत रूपमा बनाएका ४ वटा अस्थायी काठेपुल हटाउन बाध्य पारेकाे छ ।

अाेली प्रधानमन्त्री हुनुअघि नै ती पुल बनाइएका थिए । सञ्चारमाध्यममा भारतले नेपालसँग कुनै सहमति नलिर्इ दार्चुलाकाे व्यास गाउँपालिका –२ राप्ला क्षेत्रका ४ ठाउँमा अस्थायी काठे पुलम बनाएकाे खबर सार्वजनिक भएपछि सरकारले चासाे देखाएकाे थियाे ।

सरकारले तत्काल ती पुल हटाउन कुटनीतिक पहल गरेपछि भारतपछि हटेकाे हाे । त्यस क्षेत्रका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर लालबहादुर साउदले भारतीय पक्षले पुल हटाएकाे जानकारी दिए ।

राप्लाको घाटिबगड र भारतको मालपा जोड्ने अस्थायी काठेपुल र नेपालको दोपाखे र भारतको छनकन जोड्ने अर्को काठेपुल पनि भारतीय पक्षले हटाएको प्रहरीको जनाएको छ ।

प्रधानमन्त्रीले यसबारे गृहमन्त्रीलार्इ चासाे राखेपछि गृहमन्त्री रामबहादुर थापा बादलले अाफू मातहतका अधिकारीलार्इ यसबारे निर्देशन दिएका थिए ।

साेही कारण गत फागुन २१ गते भारतको पिथौरागढमा बसेको नेपाल–भारत सुरक्षा अधिकारीको बैठकमा नेपाली पक्षले पुल हटाउन जाेडदार माग गरेकाे थियाे ।

Leave Your Comment