राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारीको शानदार जित, १८ जनाले गरेनन मतदान, ८ मत बदर

२९ फागुन, काठमाडौ। राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी निर्वाचित भएका छन् । मंगलबार भएको राष्ट्रपती निर्वाचनमा भण्डारी निर्वाचित भएकी छन् ।

भण्डारीको पक्षमा ३९ हजार २७५ मत भार प्राप्त भयो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मत भार ११ हजार ७३० आएको निर्वाचन कार्यालयले जनाएको छ ।

मंगलबारको मतदानमा १८ जना अनुपस्थित थिए भने ४ जनाले मतदान गर्न पाएका थिएनन् । संघीय संसद्का तीन र प्रदेशका पाँच मत बदर भएको पनि जनाएको छ ।

Leave Your Comment