बिमान दुर्घटनामा ११ जना MBBS अन्तिम बर्षको परीक्षा दिएर घर फर्किएका नेपाली बिद्यार्थीको मृत्यु भएको पुष्टि[नामावली सहित]

काठमाडौं । नेपाली आकाशमा सोमबार भएको विमान दुर्घटनामा बंगलादेशको राजिव राबिया मेडिकल कलेजमा अध्ययनरत ११ नेपाली विद्यार्थीको ज्यान गएको कलेजले जनाएको छ। नेपाली विद्यार्थी MBBS अन्तिम बर्षको परीक्षा दिएर घर आउदै थिए ।

जसमा एल्जिना बराल, चारु बराल, पुर्णिमा लोवानी, मिली महर्जन, नेगा महर्जन, सञ्जय महर्जन, संजय पौडेल आश्ना शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापा रहेको कलेजद्वारा जारी विज्ञप्तीमा उल्लेख रहेको छ।

जसमा २ विद्यार्थीको जिवितै उद्दार गरिएको समेत उल्लेख गरिएको छ। जिवितै विद्याथीहरुमा समिरा व्यन्जनकार र प्रिन्सी धामी रहेका छन्। उनिहरु दुईमहिनाको छुट्टी मनाउन काठमाडौं आएका थिए।

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बंगला विमान काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो।  दुर्घटनामा ६७ यात्रु ४ विमानका कर्मचारी रहेका थिए। विमान दुर्घटनामा परी ४९ जनाको मृत्यु भइसकेको छ भने अन्य २२ जना घाइते भएका छन्।

Leave Your Comment