दुर्घटनाग्रस्त यूएस बंगला विमानका चालक जीवित रहेको खुलासा, छानबिन गर्न बंगलादेशबाट तिन सदस्यीय टोलि काठमाडौंमा

काठमाडौं । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त विमानका चालक जीवित रहेको बताइएको छ । विमान दुर्घटना भए लगत्तै तीन सदस्यीय छानबिन टोली काठमाडौं आइपुगेपछि पाइलटको बारेमा यस्तो रहस्य खुलेको हो ।

विमानस्थलमा रहेको ट्राफिक कन्ट्रोल र पाइलटबीच प्रभावकारी रुपमा संवाद हुन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिरहेका बेला पाइलट आबिद हसन जिउँदै रहेको बंगलादेशका अधिकारीहरुले उल्लेख गरेका छन् ।

यूएस बंगलाका आसिफ इमरानका अनुसार उनी इन्स्ट्रक्टर थिए । हामीले अहिलेसम्म ट्राफिक कन्ट्रोल र पाइलटबीचको कुराकानी सुनेका छौं । तीन सदस्यीय छानबिन टोली काठमाडौं आइपुगेपछि अनुसन्धान थालेको छ ।

Leave Your Comment