४९ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाको अडियो सार्वजनिक गर्नेमाथी कारवाही, ६ जनाको ड्युटी अफ!

काठमाडौं, फागुन २९

नेपाल नागरिक उड्ययन प्राधिकरणले सोमबार ४९ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाको अडियो सार्वजनिक गर्नेमाथी कारवाही गरिने जनाएको छ । विमान चालकदलको सदस्य र टावरविच भएको कुराकानी सार्वजनिक भएपछि प्राधिकरणले त्यसलाई अपराधको संज्ञा दिदै कारवाही गरिने बताएको हो ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त घटनालाई आपराधिक कामको संज्ञा दिदै गोप्य र सम्वेदनशील सामग्री सार्वजनिक गर्नेमाथि छानबिन गरी कारबाही हुने बताउनु भयो । यसैविच, प्राधिकरणले विमानस्थल र विमानविच भएको संवाद लिंक गरेको आशंकामा त्रिभुवन विमानस्थलको एअर ट्राफिक कन्ट्रोलमा सोमबार कार्यरत कर्मचारीहरूलाई ड्युटी अफ गराएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाअघि विमानका पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीच भएको सम्वादको अडियो घटनाको केही समयपछि नै सार्वजनिक भएपछि प्राधिकरणले त्यस बखत ड्युटीमा रहेका ६ जना कर्मचारीलाई तत्कालका लागी बिदा दिएको हो । गोप्य रहने उक्त अडियो इन्टरनेटमा लिक भएपछि छानबिनलाई सहज होस् भनेर तत्कालका लागि उनीहरूलाई कामबाट बिदा दिइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरूलाई निलम्बन वा अन्य कुनै कारबाही भने गरिएको होइन। उनीहरूको ठाउँमा अन्य कर्मचारी खटाइएको छ।

Leave Your Comment