कतारमा दुख पाएर टिकटको पैसा सापटी लिएर बंगलादेश हुँदै नेपाल आउदै गरेको छोरो दुर्घटनामा जलेर खरानी भएपछी……

काठमाडौं । सोमबार त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त युएस–बंगला विमान दुर्घटनामा २३ वर्षीय अवधेशकुमार यादवको पनि ज्यान गयो । घरबाट हिँड्नुअघि उनले परिवारका सबै सदस्यलाई आश्वस्त पारे, ‘केही वर्षभित्र हाम्रो दुःखको दिन समाप्त हुने भन्दै कतार गएपनि गिट्टी, बालुवा र सिमेन्टी बोक्नु परेपछि उनले घर फर्किने इच्छा जाहेर गरेका रहेछन्।

एजेन्टले कानमा तेल हालेपछि उनी कतारमै कार्यरत आफ्ना सालासँग टिकटको पैसा सापट मागेर बंगलादेशको बाटो हुँदै नेपाल फर्किन बाध्य भए । सर्लाहीस्थित कविलासी नगरपालिका वडा नम्बर ३ बस्ने यादव परिवारमा अवधेश एक्लो छोरा थिए। गरिब परिवार भएका कारण जिम्मेवारी पनि ठूलै थियो।

३ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएपछि उनको काँधमा थप जिम्मेवारी आइलागेको थियो। एक्लो छोरोको जिद्दीका अगाडि बुवा राषनारायण यादव तर्कहीन बने। त्यसैले उनले १ लाख ५ हजार रुपैयाँ ऋण काढेर आफ्नो छोरालाई कतार पठाएका थिए। कतारबाट उनी आफन्तसाग ऋण मागेर बंगलादेशको बाटोँ हुँदै नेपाल आए ।

 

र त्यही विमानमा परेर जलेर खरानी बने । अवधेशकुमार का बाबु राषनारायणले आफूलाई आश्वस्त पार्ने त्यही छोराको मृत शरीर पहिचान गर्न उनले मंगलबार महाराजगञ्जस्थित टिचिङ अस्पताल परिसरमा भक्कानिदै छोरोलाई वैदेशिक रोजगारीमा पठाउँदा लिएको ऋणभन्दा पनि छोराको शरीर अन्तिम पटक हेर्न नपाएकोमा डाँको छोडेर रोए । उनी सोमबार बिहान ५ बजेतिर श्रीमती सुमित्रा देवीसँगै छोरालाई लिन भनेर काठमाडौं आएका थिए ।

Leave Your Comment