यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु भएको भनिएका दिनेश हुमागाई एकाएक घर पुग्दा, के भयो होला परिवारमा?[भिडियोमा हेर्नुहोस]

यूएस बंगलाको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटना हुँदा धेरै जीवनले यो जगत त्याग्नु प¥यो । परिवारमा पीडाको पहाड खस्यो । अनि खुसी दैवले खोसेर लग्यो । तर, त्यहि दैवले कसैको जीवनमा पुनःजन्मको अध्याय पनि सुरु गरिदियो ।

विनिता हुमागाई । उमेर २७ वर्ष । काठमाडौंको शान्तिनगर बस्ने २ छोराकी आमा हुन् उनी । यतिबेला उनमा उत्साहको सीमा नै छैन । जीवनका धेरै ठूलो लडाई जिते जस्तो भएको छ । हुने नै भयो किनकी उनले यहि जीवनमा डुब्न लागेको घाम फेरि उदाएको जो देख्न पाएकी छिन् ।

सोमबार काठमाडौंको विमानस्थलमा विमान दुर्घटना हुँदा त्यसमा उनका श्रीमान् दिनेश हुमागाई पनि परेका थिए । तर भाग्य बलियो भएर उनी बाँचे । सामान्य चोटपटक लागेपनि अरु कुनै गम्भिर असर परेन । हामी शान्तिनगर पुग्दा परिवार शान्तिको शास फेरिरहेको थियो । र, दिनेश भन्दै थिए पूर्नजन्म पाइयो । अहो मेरो भाग्य ।

तर, अहिले पनि कतिपय सञ्चार माध्यममा उनको मृत्युको खबर बाहिर आइरहेको भन्दै विक्षिप्त बनाएको बताए । यसले आफन्तजन थप अत्तालिएको दुखेसो गरे ।

Leave Your Comment