हतियार सहित पक्राउ परेका गुण्डा नाइके गणेश लामा जेल चलान, कहाँ लगियो लामालाई?

२६ चैत – गत फागुन ३० गते गौशालाको पशुपति भिजन होटलबाट हतियारसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पूर्पक्षको लागि जेल चलान गरिएको छ ।

 

उनलाई डिल्लीबजार कारागारमा लगिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका एसएसपी विश्वराज पोखरेलले बताए ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा बसेको इजलासले लामालाई पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको छ । सरकारी वकिलको कार्यालयले लामाविरुद्ध हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दामा एक वर्ष जेल सजायँ र पाँच लाख रुपैयाँ जरिवानासहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा मुद्दा बुझाएको थियो ।

लामालाई एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको थियो । लामाले भने आफ्नो पेस्तोल नभएको दाबी गर्दै आएका छन् । लामाले आफूलाई गोली हान्न आएका युवाबाट पेस्तोल खोसेको बयान प्रहरीलाई दिएका छन् ।

Leave Your Comment