Video: प्रधानमन्त्री ओलीको भारत भ्रमणमाथि कांग्रेसले लगायो यस्ता ८ आरोप, ओलीले आफ्नो मात्र सम्बन्ध सपारेका हुन् [हेर्नुहोस भिडियोमा]

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा आफ्नो मात्रै सम्बन्ध सुधार गरेको आरोप लगाएको छ । तीन दिने भारतको राजकीय भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीको भ्रमण आफ्नो सम्बन्ध सुधारबाहेक केही प्रगति नभएको कांग्रेसले दाबी गरेको हो ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले नेपाल–भारत सम्बन्ध प्रचण्ड र देउवा सरकारकै पालामा ट्रयाकमा आएको बताए । उनले भने, ‘नेपाल–भारत सम्बन्ध पहिले नै ट्रयाकमा आईसकेको थियो । ओली जी त केबल आफ्नो सम्बन्ध सुधार गर्न पो भारत गएका हुन् ।’

ओलीले सत्ताबाहिर हुँदा एउटा र सत्तामा आएपछि अर्को कुरा गर्ने गरेको महतको आरोप छ । भारत गएपछि दुई देशको सम्वन्ध कहिले बिग्रिएको थियो र भनेको उल्लेख गर्दै महतले भने, ‘सत्तामा आएपछि सबै राम्रो मात्र देख्ने प्रवृत्तिले देशलाई बलियो होइन, कमजोर बनाएको छ ।’

अधिकांश समय ओली भ्रमणको आलोचनामा खर्चिएका डा. महतले रक्सौल–काठमाडौं रेल सम्झौताको भने स्वागत गरेका छन् । तत्कालीन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै क्रममा कृष्णनगरबाट लुम्बिनी हुँदै काठमाडौं जोड्ने र रक्सौल हुँदै काठमाडौं जोड्ने दुई रेलमार्गबारे छलफल भएको भन्दै नेता महतले अहिले रक्सौल हुँदै काठमाडौं जोड्ने रेलमार्गको निर्णयमा पुग्नु स्वागतयोग्य भएको बताए ।

यस्ता छन् कांग्रेसका ८ आरोप:

  • केपी सत्ता हुँदा एउटा कुरा र सत्ता बाहिर हुँदा अर्को कुरा गर्ने व्यक्ति ।
  • प्रधानमन्त्री ओलीले नेपालमा भारतसँग सम्बन्ध विग्रिएको भन्दै हिडेको तर भारतमा पुग्दा सम्बन्ध कहिले विग्रिएको थियो भन्दै दुई जिब्रे प्रवृति ।
  • सत्ताबाहिर हुँदा सबै खराबै खराव देख्ने राष्ट्रियताको बोझ आफुले नबोकेमा धरायसी हुने जस्तो ठान्ने । सत्तामा पुगेपछि सबै राम्रो देख्ने ।
  • विगतमा नेपाल–भारतबीचमा भएका कुराहरु ओली मौन ।
  • विदेशी लगानी सिर्जना गर्न सरकारले जारी गरेको स्वेतपत्र बाधक ।
  • सरकारी संरचनाहरु पार्टीकरण गर्दै ।
  • रेलमार्गमा भएको सम्झौता पहिलेकै सरकारले गरेको सम्झौता ।

भारत भ्रमणबाट ओलीमा मात्र सम्बन्ध सुधार ।

Leave Your Comment