अन्ततः नयाँ आइजीपी नियुक्तिमा मिल्यो ‘ब्रेक थ्रु’ दुवै प्रहरीमा खनाल नै आइजीपी, आजै आइजीपी नियुक्ति!

काठमाडौं २७ चैत । सरकारले शसस्त्र प्रहरी र जनपद प्रहरीमा नयाँ नेतृत्व तोक्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले आईजीपी नियुक्त गर्ने तयारी गरेको छ । नेपाल प्रहरीको प्रमुखका लागि तीन जना मुख्य दाबेदारका रुपमा देखिएका छन् ।

डीआईजी सर्वेन्द्र खनाल, डीआइजी रमेश खरेल र पुष्कर कार्कीको दावेदारी रहेको छ । बरिष्ठतामा खनाल अगाडी भएकाले उनलाई नियुक्ति गर्ने सम्भाजना छ। शसस्त्र प्रहरीमा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका पर्सी सकिदैछ ।

शसस्त्रमा महानिरीक्षक लागि वरिष्ठताका हिसाबले अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्ला दावेदार देखिनु भएको छ । शसस्त्रमा अहिलेसम्म बरियता मिचिएको छैन । अर्द्धसैनिक संगठन सशस्त्र प्रहरीको १७ वर्षे इतिहासमा आईजीपी बनाउँदा अहिलेसम्म पनि सरकारले नेपाली सेनामा झैं वरिष्ठतालाई नमिचेकाले एआईजी खनाल नै एक्ला दाबेदार हुन् ।

सशस्त्र प्रहरीमा हाल फाजिलसहित ११ जना एआईजी छन् । जसमध्ये आईजीपी श्रेष्ठका ब्याची प्रेमकुमार शाही र प्रकाश ओझा उनीसँगै २९ चैतमा अनिवार्य अवकाशमा जाने भएकाले बिदा बसिसकेका छन् ।

Leave Your Comment