Breaking News: नयाँ आईजीपी सर्बेन्द्र खनाल! आज साँझ बस्ने मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ आईजीपी नियुक्त गर्ने

काठमाडौं, २७ चैत । आज साँझ बस्ने मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ आईजीपी नियुक्त गर्ने भएको छ । यसअघि आज विहान बसेको मन्त्रिपरिषद बैठकले यसबारे कुनै निर्णय गर्न सकेन ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपीको म्याद भोली अर्थात चैत २८ गते ३० वर्षे सेवाअवधिका कारण सकिँदैछ । म्याद सकिनुअघि नै आज नयाँ आईजीपी नियुक्ती गरिने बुझिएको थियो ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

आइजिपीका लागि अहिलेका १२ जना डिआइजी प्रतिष्पर्धी छन्। गृह मन्त्रालयले सोमबार साँझ ती १२ जना डिआइजीको अभिलेख प्रहरी प्रधान कार्यालयबाट मगाएको थियो।

१२ मध्ये १ नम्बरमा ट्राफिक महाशाखा प्रमुख सर्वेन्द्र खनाल, २ नम्बर सुरक्षा सेवा निर्देशनालयका प्रमुख रमेश खरेल, तीन नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख पुष्कर कार्की रहेका छन् भने लागु औषध नियन्त्रण ब्यूरो प्रमुख धीरू बस्नेत चौथो नम्बरमा छन्।

प्रहरी नियमावलीमा यी १२ जना डिआइजीमध्ये सरकारले जसलाई योग्य ठान्छ उसैलाई आइजिपी नियुक्त गर्न सक्ने प्रावधान छ। बालुवाटार स्रोतका अनुसार पहिलो नम्बरमा देखिएका सर्बेन्द्र खनाल नै आज बस्ने मन्त्रिपरिषद्को दोस्रो बैठकबाट आइजीपी नियुक्त गरिने मनस्थितिमा ओली सरकार पुगेको छ ।

उता सशस्त्रमा शैलेन्द्र खनाल आइजीपीको दावेदार मानिन्छन् ।

 

Leave Your Comment