आइजीपी चयनमा मिलेन कुरा, ओली र प्रचण्डको रोजाई फरक, कसले मार्लान अबको केहि घन्टामा आइजीपीमा बाजी?

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा नमिलेपछि प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी निर्णय लम्बिएको छ । ओली र प्रचण्डले आ आफ्नो रोजाईमा फरक फरक पात्रको नाम अघिसारेपछि आइजीपी नियुक्तिको विषय थाती रहेको बुझिएको छ । यस विषयका कारण आज मंगलबारको मन्त्रीपरिषद्को बैठक नै अनिर्णित बन्न पुगेको थियो ।

कसलाई आईजिपी बनाउने भन्ने तय नहुँदा गृहमन्त्री रामबहादुर थापाले क्याबिनेट बैठकमा प्रस्ताव नै पेश गरेनन् । मंगलबार बिहान बढुवा सिफारिस समितिको बैठकमा छलफल भएपनि प्रधानमन्त्रीबाट प्रष्ट जवाफ नआउँदा प्रक्रिया अघि बढ्न नसकेको सुत्रको दाबी छ ।

स्रोतका अनुसार ओलीको रोजाईमा पुष्कर कार्की र प्रचण्डको रोजाईमा सर्वेन्द्र खनाल परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगनठका महानिरीक्षकले बुधबारदेखि अवकाश पाउँदैछन् । तर, नेपाल प्रहरीमा कुरा नमिलेकाले सशस्त्र प्रहरीको आइजिपी नियुक्ति प्रक्रिया पनि अवरुद्ध बनेको छ ।

Leave Your Comment