Breaking New: नेपाल प्रहरीमा सर्बेन्द्र खनाल र ससश्त्रमा शैलेन्द्र खनाल आइजीपी! ओली र प्रचण्ड बीच भयो सहमति, मिचियन बरियताक्रम, भएन आर्थिक चलखेल!

काठमाडौं, चैत २७

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच दुवै प्रहरीमा नम्बर वानलाई नै आइजीपी बनाउने सहमति भएको छ । केहीबेर अघि बालुवाटारमा बसेको बैठकमा सो सहमति भएको हो ।

सो सहमतिसँगै नेपाल प्हरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलमा शैलेन्द्र खनाल आइजीपी बन्ने पक्का भएको छ । सर्वेन्द्र र शैलेन्द्र दुवै पहिलो नम्बरमा रहेका छन । दाहालसँगको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको थियो ।  नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले भोलिबाट अनिवार्य अवकाश पाउँदै छन ।

नेपाल प्रहरीमा आइजीपीका लागि चार डिआइजी प्रमुख दावेदार थिए । जसमध्ये खनाल पहिलो नम्बरमा छन । आइजिपीका लागि ट्रयाक रेकर्डको आधारमा सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की, धिरु बस्न्यात प्रमुख दावेदार देखिएका थिए ।

यस्तै सशस्त्र प्रहरी बलमा एआइजीद्वय शैलेन्द्र खनालसँगै पुष्पराम केसी दावेदार थिए ।

Leave Your Comment