आजको राशिफल: वि.स. २०७४ साल चैत्र २८ गते बुधबार तदनुसार ई. स. ११ अप्रिल २०१८

आजको राशिफल: वि.स. २०७४ साल चैत्र २८ गते बुधबार तदनुसार ई. स. ११ अप्रिल २०१८

मेषः– घर परिवारबाट पूर्ण सहयोग पाईनेछ । घरमा जमघट बढ्नेछ । भौतिक सम्पति बढ्नेछ । आम्दानीका नयाँ क्षेत्र फेला पर्ने छन् । उद्योग पराक्रम बढ्नेछ । आयत निर्यात व्यापार बढ्ला ।

वृषः– मध्यान्ह पछि समय बढि अनुकुल हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । प्रयत्नबाट नयाँ काम हात पार्न सकिनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । घर बाहिर बसेर गरेका काम बढि उपलब्धिमूलक रहने छन् ।

मिथुनः– दिन त्यति अनुकुल देखिन्न । मन चञ्चल हुनेछ । बाहिरी कामको अलमलमा पर्दा आफ्ना कामले गति लिने छैन । काम गरेर जश कमै मिल्नेछ । आर्थिक कारोवारमा तनाव हुन सक्छ । यात्राको सम्भावना देखिन्छ ।

कर्कटः– शारीरिक एवं मानसिक रुपमा काम गर्न असक्षम हुनुहुनेछ । काम गर्ने वातावरण पनि मिल्ने छैन । अनावस्यक काममा समय र धन खर्च हुनेछ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला ।

सिंहः– विवादको अन्त्य हुनेछ । वैदेशिक कार्य योजनले मुर्तरुप लिनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । यात्राको योग देखिन्छ ।

कन्याः– आफुले गरेका कामले आफुलाई भन्दा अरुलाई बढि फाइदा हुन सक्छ । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सजग भई काम गर्नु होला । मेहनतका साथ गरेका काम सफल हुनेछन् ।

तुलाः– दिन मध्यम देखिन्छ । पढाई लेखाईमा ध्यान केन्द्रित हुनेछ । काम गर्दा अलमलमा नपरि गर्नु होला । आफुले ढिलो गर्दा अरुले फाइदा लिनेछन् । दैनिक काम काज सुचारु रुपले अगाडि बढ्ने छन् ।

वृश्चिकः– पारिवारिक सुख शान्ति मिल्नेछ । प्रयत्नबाट काम बन्ने छन् तर काम गरेर जश भने कमै मिल्नेछ । शारीरिक शिथिलता बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ ।

धनुः– समयको गति सगै काममा सुधार आउनेछ । मनोबल उच्च गरि काममा प्रवेश गर्न होला गरेका काम सफल हुनेछन् । न्यायिक,बैदेशिक तथा वित्तिय क्षेत्र मजबुत देखिन्छ । अर्थ अभावले काममा सामान्य ढिला सुस्ति हुनसक्छ ।

मकरः– जीवन साथिको सहयोग लिएर काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । धन दिने काम भने आज नगर्नु उचित हुनेछ,दिएमा डुब्न सक्छ ।

कुम्भः– प्रातःकाल अनुकुल देखिन्न । मध्यान्ह पछि समयले साथ दिनेछ । अधिकाँश काम आफ्नै बाहुबलमा सम्पादन हुनेछन् । स्वतन्त्र व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पढाईमा भन्दा कमाईमा ध्यान जानेछ ।

मीनः–पूर्वान्हमा गरेका काम सफल अपरान्हमा गरेका काम विग्रिने छन् । अनावस्यक खर्च बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । झुट्टा कुराले पिरोल्नेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । घात गर्ने छन् ।

Leave Your Comment