१५ वर्षीया बालिकालाई १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गर्ने ५ जना जेल चलान

काठमाडौं, २७ चैत– काठमाडौंमा एक १५ वर्षीया बालिकालाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने ५ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदिप बजगाई, भोला तामाङ र चन्द्र सापकोटालाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

काठमाडौं जिल्ला अदालतले (आज) मंगलवार उनीहरुलाई पुर्पक्षका लाजि जेल चलान गर्न आदेश दिएको हो ।

गत फागुन १६ गते साँझ काठमाडौंको बल्खुबाट हराएकी बालिकालाई उनीहरुले १३ दिनसम्म बन्धक बनाएर बलात्कार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Leave Your Comment