सरकारले खनाललाई आइजीपी नियुक्त गरेकोमा आइजीपीका अर्का दाबेदार पुस्कर कार्कीले गरे स्वागत भने “सक्षम व्यक्ति आइजीपी बन्नु भएको छ, अब सबै मिलेर संगठनको छवि उच्च बनाउनु पर्छ”

डिआईजी पुस्कर कार्कीले सर्वेन्द्र खनाललाई आईजीपी बनाउन सरकारले गरेको निणर्य स्वागतयोग्य भएको बताएका छन्।

 

डिआईजी कार्कीले भने, ‘प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको ततवितको कुरा हो, त्यसमा मेरो पुरा सर्मथन छ,’ उनले भने,‘विगतमा कसले कति गर्‍यो भन्ने कुरा सबैलाई जानकारी छ, अझै धेरै गर्नुछ, अब मिलेर संगठनको छवि अझै उच्च बनाउने हो।’

राज्यले एक सक्षम मान्छेलाई छानेको भन्दै उनले भने, ‘खनाल हाम्रै हुन् आईजीपी भएका छन्। अब काम गर्न झनै सहज हुनेछ, राज्यले एक सक्षम मान्छेलाई छानेको छ। हामी त्यसलाई स्वीकार्नुपर्छ।’

सरकारले मंगलबार नेपाल प्रहरीको नयाँ आईजिपीमा सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो। खनाल आजैदेखि नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्।

Leave Your Comment