सम्भवत: आजै राजिनामा दिने तयारीमा रहेका खरेललाई आईजीपी खनालको आग्रह “संगै मिलेर काम गरौ, राजिनामा नदिनुहोस्”

सरकारले नेपाल प्रहरीमा सर्वेन्द्र खनाललाई नियुक्त गरेसँगै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन्।

 

सरकारको निर्णयप्रति कुनै गुनासो नरहेको भन्दै हिन भावना बोकेर प्रहरी सँगठनलाई नतिजा दिन नसकिने भएकाले राजीनामा दिने खरेलले बताएका छन्।

खरेलले राजीनामा दिने खबर सार्वजानिक भएसँगै नवनियुक्त आइजीपी सर्वेन्द्र खनालले खरेललाई राजीनामा नदिन र सँगै मिलेर काम गर्न आग्रह गरेका छन्।

रमेश खरेलले राजीनामा पत्र तयार भईसकेको आजै राजीनामा दिएर प्रहरी संगठनबाट अलग हुने बताएका छन्।

Leave Your Comment