Breaking News: डीआईजी रमेश खरेलले गरे प्रहरी सेवाबाट राजिनामा दिएको घोषणा, आइजीपी खनाललाई दिए बधाई तथा सफल कार्यकालको शुभकामना

डीआईजी रमेश खरेलले प्रहरी सेवाबाट अलग्गिएको घोषणा गरेका छन्।  सामाजिक सञ्जाल फेसबुक मार्फत् खनालले नवनियुक्त आईजीपी सर्वेन्द्र खनाललाई बधाई दिँदै आफू प्रहरी सेवाबाट अलग्गिएको घोषणा गरेका हुन्।

सरकारले मंगलबार साँझ पहिलो नम्बरमा डिआइजी सर्वेन्द्र खनाललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेसँगै खरेल रुष्ट भएका थिए। खनाल नौ महिना अघि डिआइजीमा बढुवा हुँदा पहिलो नम्बरमा थिए। त्यसअघि प्रहरी निरीक्षकबाट वरिष्ठ प्रहरी उपरीक्षक हुँदासम्म उनी लगातार दोस्रो नम्बरमा थिए। प्रहरी प्रमुखका लागि खनालसँगै खरेल र पुष्कर कार्की प्रतिष्पर्धामा थिए ।

प्रहरी निरीक्षकबाट वरिष्ठ प्रहरी उपरीक्षकमा हुँदासम्म लगातार पहिलो नम्बरमा रहेका रमेश खरेल डिआइजी बढुवामा भने दोस्रो नम्बरमा रहेका थिए।

Leave Your Comment