देउवा सरकारले नियुक्त गरेका तिन घन्टे आइजीपी जयबहादुर चन्दले जाँदाजाँदै कसलाई भने “तिनीहरूको दोहोरो चरित्र उदांगियो यसपालिको नियुक्तिले”?

काठमाडौं, २८ चैत । प्रहरी महानिरिक्षक प्रकाश अर्यालसँगै एआइजी जयबहादुर चन्दले पनि ३० वर्षे अवधिका कारण बुधबार नेपाल प्रहरीको सेवाबाट विदा लिएका छन् ।

उनले प्रहरी सेवाबाट अवकाश पाएकै दिन नयाँ प्रहरी महानिरिक्षक नियुक्तिका विषयमा सरकारलाई कटाक्ष गरेका छन् ।
खासगरी नेकपा एमालेका नेतालाई कटाक्ष गरी उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘अचम्मको ! साँच्चिकै उदेक लाग्दो ! तिनीहरूको दोहोरो चरित्र उदांगियो यसपालिको नियुक्तिले ।’

प्रहरी महानिरिक्षकमा सर्वेन्द्र खनालको साटो रमेश खरेल र पुष्कर कार्कीका बारेमा बढि लचिलो भएको एमालेप्रति उनको प्रहार थियो । चन्द अर्याल अगाडी तत्कालिन सरकारले पहिलो पटक नियुक्त गरेका तीनघन्टे प्रहरी महानिरिक्षक हुन् ।

तत्कालिन डिआइजी नवराज सिलवालले सरकारको निर्णयको विरोध गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि चन्दको नियुक्ति सर्वोच्चले बद्दर गरेको थियो ।

Leave Your Comment