ओलीको रोजाइमा परेपनि देउवाको बदमासीका कारण रमेश खरेल आइजीपी बन्न नपाएको खुलासा, यस्तो रहेछ खरेल रोकिनुको कारण

काठमाडौं, २८ चैत। 
डिआईजी रमेश खरेल आईजिपी बन्नेमा ढुक्क थिए। सुशासनको लागि आक्रामक बनेका केपी शर्मा ओलीले आफुलाई नै रोज्ने उनको बिश्वास थियो।


तर, सरकारले मंगलबार सर्वेन्द्र खनाललाई आईजिपी बनाउने निर्णय लियो। त्यसपछि खरेलले राजिनामा दिएका छन्।

स्रोतका अनुसार ओली खरेलकै पक्षमा थिए। हिरो छवी भएका खरेललाई आईजिपी बनाएर उनी प्रहरीमा व्यापक सुधार गर्न चाहन्थे। तर, सर्वेन्द्र खनालका लागि प्रचण्डको दबाब ठुलो थियो। जसरी पनि सर्वेन्द्रलाई आईजिपी बनाउन प्रचण्डको दबाब थियो। जसकारण ओलीले प्रचण्डलाई भड्काउन चाहेनन्।

खरेल असफल हुनुको दोस्रा कारण भनेको बरियता पनि हो। खनाल पहिलो नम्बरमा  डिआईजी भएका थिए। यसअघि नवराज सिलवाल आईजिपी हुँदा बरियता मिचेको भन्दै एमालेले सिलवालको पक्ष लिएको थियो। जसकारण नैतिक रुपमा यसपटक सरकारलाई पहिलो नम्बरका डिआईजीलाई नै बढुवा गर्नुपर्ने दबाब थियो।

खरेललाई आईजिपी हुनबाट रोक्ने गेम खेल्ने व्यक्ति शेरबहादुर देउवा हुन्। जसले गत भदौमा १ नम्बरमा रहेका खरेललाई दोस्रो नम्बरमा पारेर खनाललाई पहिलो नम्बरमा बढुवा गरेका थिए। सोहीकारण खनाल अहिले आईजिपी भएका हुन्।

Leave Your Comment