गिरिजा देखि देउवा सम्मलाई यसरी सडकबाटै नियन्त्रणमा लिएका थिए आइजीपी खनालले!

काठमाडौं –  मुख्य दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै डीआईजी सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा हुन सफल भएका छन्। मन्त्रिपरिषदको मंगलबर  बसेको बैठकले खनाललाई डीआईजीबाट आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

२०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका खनालसँगै उनकै ब्याजका रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की लगायतका डीआईजी प्रतिस्पर्धामा थिए। कार्यक्षमता, कार्यसम्पादन मूल्याङ्कन र र सिनियरितीको आधारमा एक नम्बरमा रहेका खनाललाई सरकारले आईजीपी बनाएको हो।

प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानमा उत्कृष्ट काम गरी लोकप्रियता कमाइसकेका खनालले एक व्यवसायीक अधिकृतको छवि बनाएका थिए। प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सर्वदा उंचो राख्न खनालका दर्जनौं कामका श्रृंखलाहरु छन्, जसले उनलाई सफलताको उचाइतर्फ डोहोर्याएका छन्।

नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो। मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो।

अपराध महाशाखाका एसएसपी हुदाँ २०७२ भदौं ३ गते कुमार घैंटे काठमाडौंमै मारिए। हत्या, अपरहण अभियोगमा उनले एक दर्जनभन्दा बढीलाई गोली हानी घाइते बनाएर नियन्त्रणमा लिएका छन्।

तराईमा सशस्त्र समूहको बिगबिगी रहेका बेला उनले ती समूहका गतिविधिलाई निस्तेज पार्न पनि भूमिका खेलका थिए । त्यसबेला १ सय ९ समूहमा विभाजित सशस्त्र समूहहरुलाई उनले औंलामा गन्न सकिनेमा झारेका थिए ।

दोस्रो संविधानसभाका बेला आपराधिक गतिविधि गरिरहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष तथा सैनय कमाण्डर राजनमुक्ति भनिने रञ्जित झालाई उनले भारतको पटनाबाट नियन्त्रणमा लिएका थिए । गोइत समूहका अभिताभ पनि त्यसबेलै पक्राउ परे ।

खनालले महानगरीय अपराध अनुसन्धान महाशाखाको नेतृत्व सम्हालेका बेला नेपाली फुटबलभित्रको म्याच फिक्सिङ प्रकरणको पर्दाफास गरेका थिए । उनको नेतृत्वमा भएको अनुसन्धानले सन् २००८ देखि नेपालले खेलेको अन्तर्राष्ट्रिय खेलहरुमा पैसा लिएर हारेको पुष्टि भएको थियो ।

सो प्रकरणमा नेपाली फुटबलका तत्कालीन कप्तान सागर थापासहित चार खेलाडी, एक पूर्वप्रशिक्षक लगायतविरुद्ध मुद्दा चलाइएको थियो ।

म्याच फिक्सिङ प्रकरण सार्वजनिक भएपछि नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता बंगबन्धु गोल्डकपको उपाधि जित्दा खनाललाई बधाईको ओहिरो लागेको थियो ।

०६२/६३ को जनआन्दोलनको बेला काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हालेका थिए । त्यसबेला परिसरले निषेधित क्षेत्र तोडेको भन्दै गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत थुप्रैलाई नियन्त्रणमा लिएको थियो ।

जनआन्दोलनपछि उनी बारामा गएका थिए । उनी प्रहरी सेवाकै क्रममा हाइटीमा समेत पुगेका थिए । उनीसँग यूएन मुख्यालयमा रहेर काम गरेको समेत अनुभव छ ।

‘संगठनले दिएको जिम्मेवारी पुरा गर्नु थियो, त्रसित जनजीवनलाई सामान्य रुपमा ल्याउनु काम थियो, ‘आइजिपीमा नियुक्त भएपछि खनालले भने,’ ज्यानको बाजी लगाएर संगठनको प्रमुख बन्न पाउदाँ खुसी लाग्दो रहेछ।’

Leave Your Comment