Video: हेटौडाकि शृङ्खला खतिवडा बनिन ‘मिस नेपाल-२०१८’ अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै [हेर्नुहोस भिडियो सहित]

काठमाडौं, २८ चैत । ‘मिस नेपाल २०१८’को ताज शृङ्खला खतिवडाले जितेकी छिन् । बुधबार अन्नपूर्ण होटेलमा भएको ग्राण्ड फिनालेमा उनले ताज पहिरिएकी हुन् । एक महिना लामो प्रशिक्षणपछि अन्तिम प्रतिस्पर्धामा उत्रिएका २५ प्रतियोगिबाट छानिएका सात जना फाइनलिस्टबाट उनी छानिएका हुन् । अब उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

५ फिट ६ इञ्चकी शृङ्खलाले कलेज टपर हुन्। उनी पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्टकी विद्यार्थी हुन्। लेखनमा पनि रुचि भएकी उनले आफ्नो पुस्तक प्रकाशन गर्ने लक्ष्य राखेकी छिन्। उनी आर्किटेक्ट बन्न चाहन्छिन्। प्रमुख जज गोविन्द गजुरेलको ‘समृद्ध नेपाल, सुखी नेपालीका लागि आवश्यक तीन चिज के हुन्’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएका चारलाई शीर्ष विजेता घोषणा गरिएको हो।

यसैगरी यो संस्करणदेखि थपिएकाे मिस नेपाल युनिभर्सको ताज मनिता देवकोटाले हात पारिन् । उनले मिस युनिभर्स २०१७ मा पहिलोपटक नेपालको प्रतिनिधित्व गरेकी नग्मा श्रेष्ठले उक्त ताज मनितालाई पहिराइन्।

यस्तै प्रिया सिग्देल मिस नेपाल अर्थ भइन्। मिस नेपाल इन्टरनेसनको उपाधि रोनाली अमात्यले जितिन्। गत वर्ष पहिलोपटक घोषणा गरिएको ‘मिस नेपाल एसिया प्यासिफिक’ भने यो वर्ष प्रतियोगितामा समावेश गरिएन।

सात फाइनलिस्टमा रोनाली अमात्य, मनिता देवकोटा , महिमा सिंह, सायरा लामा, शृङ्खला खतिवडा, प्रिया सिग्देल, आश्मा ढुंगाना थिए । यसअघि निर्णायकले छानेका १४ र वाइल्ड कार्डमार्फत १ जनाको इन्ट्री भएको थियो। एसएमएसमार्फत सर्वाधिक भोट पाउनेले उत्कृष्ट १५ मा ठाउँ पाएको हो।

सर्वानी पाण्डे, सुस्मिता सापकोटा, लक्ष्मी पौडेल, आस्था शाख, सायरा लामा, श्रृष्टी कार्की, आश्मा ढुङ्गाना, सुभेच्छा श्रेष्ठ, श्रृङ्खला खतिवडा, प्रिया सिग्देल, महिमा सिंह, मेघा श्रेष्ठ, रोनाली अमात्य, ज्योत्स्ना क्षेत्री निर्णायकको निर्णायकको आधारमा उत्कृष्ट १४ मा छानिएका थिए। त्यस्तै सन्ध्या अधिकारीले वाइल्ड कार्डमार्फत इन्ट्री पाएकी थिइन्।

Leave Your Comment