नेपाल प्रहरीको प्रमुखमा सर्वेन्द्र खनाल आएसँगै प्रहरीलाई ठूलो सफलता! काठमाडौंबाटै प्रहरीले गर्यो ५० लाख नक्कली भारु बरामद

काठमाडौँ, २९ चैत । नेपाल प्रहरीको प्रमुखमा सर्वेन्द्र खनाल आएसँगै प्रहरीलाई ठूलो सफलता मिलेको छ । प्रहरीले काठमाडौंबाट प्रहरीले ५० लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको हो ।

नेपाल हुँदै भारत तस्करी गर्न लागिएको भारु महानगरीय प्रहरी परिसरले बरामद गरेको हो । विशेष सूचनाको आधारमा नक्कली नोटसहित केही व्यक्ति पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

भारत सरकारले एक वर्षअघि पुराना नोटहरूलाई प्रतिबन्ध लगाउँदै नयाँ नोट सार्वजनिक गरेको थियो । नक्कली भारुसहित पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले बिहीबार दिउँसो सार्वजनिक गर्ने तयारी गरेको छ ।

नक्कली नोट तेस्रो मुलुकबाट आएको आशंका प्रहरीको छ । नोट बरामदलाई प्रहरी प्रमुखको कामसँग जोडेर हेर्न थालिएकको छ । बुधबार खनालले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए भने बिहीबार बिहान मात्र दर्ज्यानी चिन्ह पाएका थिए ।

Leave Your Comment