अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभा सांसद नविना लामा बिहेको निम्ता दिन पुगिन बालुवाटार, अनेरास्ववियुको अध्यक्ष भएकै बेला विहे गर्ने नविना रामकुमारी झाँक्रीपछि दोस्रो नेता!

२९ चैत – अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभामा नेकपा एमालेकी सांसद नविना लामा वैशाख दोस्रो साता वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् ।

 

लामाले अनेरास्ववियुकै पूर्व नेता प्रवीण श्रेष्ठसँगको प्रेम सम्बन्धलाई वैशाख १३ गते वैवाहिक समबन्धमा परिणत गर्न लागेकी हुन् ।

नविना र प्रविणले वैवाहिक समारोहको प्रमुख आतिथ्यका लागि विहिवारै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निम्ता दिएका छन् । ३५ वर्षीया युवा नेतृ नविनाको विहे आर्मी अफिसर्स क्लबमा तय भएको छ ।

अनेरास्ववियुको अध्यक्ष भएकै बेला विहे गर्ने नविना रामकुमारी झाँक्रीपछि दोस्रो नेता हुन् । विवाहलाई सामान्य रुपमा सम्पन्न गर्ने र कुनै तडकभडक गर्ने योजना नरहेको लामाले बताइन् ।

Leave Your Comment