सुशासन तर्फ लम्कदै देश! रक्सि उत्पादन तथा बिक्री गर्दै आएका ११ वोटा कम्पनि सरकारले गरायो बन्द

काठमाडौं, २९ चैत्र ।
सरकारले रक्सी उत्पादन गर्दै आएका ११ वटा कम्पनी बन्द गरेको छ । आन्तरिक राजश्व विभागले नक्कली स्टीकर प्रयोग गरी राजश्व छलेको अभियोगका ति उद्योगहरुको उत्पादन तथा बिक्री समेतमा बन्द गरेको हो ।
भारतमा नक्कली अन्तशुल्क स्टीकर छपाई गरी ठूलो मात्रामा राजश्व छलीको सम्बन्धमा अनुसन्धान गरेको आयोगले राजश्व छलीमा संलग्न उद्योगहरुलाई कारवाही गर्दै बन्द गरिदिएको हो ।


झापामा रहेको विनर लिकर्स, भोलेबाब डिस्ट्रलरी, सुनसरीस्थित पूर्वाञ्चल डिस्ट्रलरी, धनुषाको नारायणी डिस्ट्रलरी र सांग्रिला डिस्ट्रलरी, सर्लाहीको अभिनव डिस्ट्रीलरी, काभ्रेको शिखर डिस्ट्रलरी, रौतहतको एभरेष्ट डिस्ट्रलरी, धादिङको रसुवा डिस्ट्रलरी, रुपन्देहीको सुनछहारी डिस्ट्रलरी र दोभान डिस्ट्रीलरीलाई उद्योग बन्द गर्न राजश्व विभागले निर्देशन दिएको छ ।
बन्द गरिएका सबै कम्पनीले छली गरेको राजश्वको सम्बन्धमा विभागले छानविन गरिरहेको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक किशोरजंग कार्कीका अनुसार ‘११ वटै उद्योग बन्द गरिएको छ र उनीहरुको कारोबारमाथि सुक्ष्म छानविन भइरहेको छ ।’
अनुसन्धानका क्रममा बन्द गरिएको कम्पनीहरु कानुन बमोजिम जरिवाना तिरेपछि पुन सञ्चालनमा आउन सक्ने तर, त्यसको लागि अनुसन्धान प्रक्रिया पुरा हुनुपर्ने समेत कार्कीले  जनाएका छन् ।
नक्कली स्टीकर आयात गर्ने समूहका केही व्यक्तिलाई पक्राउ गरी उनीहरुमाथि पनि अनुसन्धान भईरहेको छ । गिरोहले भारतबाट नक्कली स्टीकर उत्पादन गरी नेपालमा ल्याएर व्यापारीलाई बिक्री गर्ने गरेको खुलेको छ । व्यापारीले कहिलेदेखि कर छलीको अपराध गर्दै आएका थिए भन्ने खुल्न सकेको छैन ।

Leave Your Comment