गुन्डागर्दी र तस्करीविरुद्ध प्रहरी संगठनलाई सक्रिय बनाउन निर्देशन दिदै नवनियुक्त आइजीपी खनालले भने -“भ्रष्ट र संगठनको छवि धमिल्याउने अब संगठनमा अटाउदैनन्”

काठमाडौँ — नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नैतिक आचरण र इमानदारी प्रहरीको प्राण रहेको भन्दै छवि धमिल्याउनेहरू संगठनमा नअटाउने बताएका छन् ।

पद बहालीपछि बिहीबार प्रहरी प्रधान कार्यालयमा उच्च पदस्थ अधिकृतहरूलाई सम्बोधन गर्दै उनले गुन्डागर्दी र तस्करीविरुद्ध प्रहरी संगठनलाई सक्रिय बनाउन निर्देशन दिए ।

‘संगठनको छवि धमिल्याउने काम भइरहेको छ । अब त्यस्ता प्रहरी संगठनमा अटाउन सक्दैनन्,’ उनले भने । खनालले प्रहरी संगठन अब अनिर्णयको बन्दी नहुने उल्लेख गर्दै इमानदार र निष्ठावान प्रहरीको मूल्यांकन हुने बताए । उनले अनैतिक आदेशमा काम नगर्न र नगराउनसमेत प्रहरी अधिकारीहरूलाई आग्रह गरे ।

Leave Your Comment