प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारि गर्न परराष्ट्रमन्त्री ज्ञवाली चीन जादै, चिनियाँ प्रधानमन्त्रीसँग पनि भेटघाट गर्ने

चैत ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किए लगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी हप्ता चीन भ्रमणमा जाँदैछन् ।

मन्त्री ज्ञवाली यसअघि पनि प्रधानमन्त्री ओलीको भ्रमण भारतभन्दा पहिला चिनतिर हुनुपर्ने पक्षमा थिए । पहिलो भ्रमण चिन नभए पनि ओली भारत जानुभन्दा पहिला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल ल्याउने प्रयास पनि ज्ञवालीले गरेका थिए ।

अहिले दुवै मुलुक वीच विगतमा भएका सहमति÷सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्रयासको समिक्षा गर्न र उच्च स्तरिय भ्रमणको तयारीका लागि उनी बेजिङ जान लागेका हुन् ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणको तयारीमा जुटेका हुन् ।
मन्त्री ज्ञवाली चार दिने भ्रमणको कार्यतालिका तय गरेर चिन जान लागेका हुन् । भ्रमणका क्रममा उनले चिनिया प्रधानमन्त्रीसँग पनि भेट्ने बताइएको छ ।

Leave Your Comment