साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये प्रेमराज चौधरीले गरे प्रहरी हिरासतमा नै आत्महत्या

३० चैत – साढे ३३ किलो सुन तस्करी र भरिया हत्या प्रकरणमा पक्राउ परेकामध्ये प्रेमराज चौधरीले प्रहरी हिरासतमा नै आत्महत्या गरेका छन् ।

महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमा रहेका उनले गएराति आत्महत्या गरेका हुन् । उनले आफुले लगाएको ट्रयाक सुटको पासो लगाएर बाथरूममा आत्महत्या गरेको बताइएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयले उक्त घटनाको पुष्टि गरेको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित छानबिन समितीले बिहीबार चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनी नेपाल वायु सेवा निगमका कर्मचारी हुन भन्ने खुल्नमा आएको छ ।

Leave Your Comment